रोजेको मन्त्रालय नपाएको भन्दै असन्तुष्ट मन्त्रीले सम्हाले खानेपानी मन्त्रालय
काठमाडौं। खानेपानी मन्त्री अब्दुल खानले जिम्मेवारी पाएको एक सातापछि पदभार ग्रहण गरेका छन्। मन्त्री खानले बुधबार दिउसो मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै मन्त्री खानले सवैको सुझाव लिएर मन्त्रालयको कामलाई प्रभावकारी बनाउने बताए।
उहाले स्वच्छ खानेपानीको अभावले लाखौ मानिस प्रभावित हुने भएकाले पानीको गुणस्तर परिक्षण गर्ने कामको सुरुवात गर्नुपर्ने बताए। खानेपानी सम्बन्धी समस्याहरु समाधानका लागि कार्ययोजना बनाएर काम गर्ने उनको भनाइ छ।

मन्त्री खानले नीतिगत देखि राजनीतिक अवरोधहरुको रिपोर्टिङ गर्न निर्देशन दिँदै आफ्नो कामलाई इमान्दारीपूर्वक गर्न पनि निर्देशन दिए।
पुष ११ गते जनमत पार्टीबाट विनाबिभागीय मन्त्री बनेका खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघ ३ गते खानेपानी मन्त्रीमा नियुक्त गरेका थिए, तर पूर्वसहमति अनुसार आपूर्ति मन्त्रालय नपाएको भन्दै उनले खानेपानीमन्त्रीका रुपमा पदभार गर्न अस्वीकार गर्दै आएका थिए। सुरुमा जनमत पार्टीले उद्योग मन्त्रालय लिने सहमति भएको थियो।

पुस ११ मा प्रधानमन्त्रीको सपथ लिएकै दिन पुष्पकमल दाहाल प्रचण्डले आठ सदस्यीय मन्त्रिपरिषद गठन गर्न खान विना विभागीय मन्त्री थिए।
प्रचण्डले सरकार विस्तार गर्दैै जिम्मेवारी तोक्दा जनमत पार्टीको भागमा खानेपानी तथा सरसफाइ मन्त्रालय परेपछि उक्त मन्त्रालय अस्वीकार गर्दै आएका आनले बुधबार सोही मन्त्रालयमा पदभार ग्रहण गरेका हुन्।
हेर्नुहोस् भिडियो:







डिसी नेपाल







Facebook Comment