उद्धेश्यमा संगठित हुने पार्टी एमाले मात्रै भएको ओलीको दाबी, नयाँ पार्टीलाई दिए ‘मौसमी’को संज्ञा

डिसी नेपाल
११ माघ २०७९ १५:३७
20
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफु सरकारमा जानुलाई बिकास र लोकतन्त्र भन्ने गरेको टिप्पणी गरेका छन्

बुधबार ललितपुरको च्यासलस्थीत पार्टी कार्यालयमा आयोजित अनुशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेसभित्र मुलुकको बिकासका लागि कुनै छलफल नै नहुने भन्दै कांग्रेसले आफु सरकारमा जानुलाई बिकास र लोकतन्त्र भन्ने गरेको बताएका हुन्।

कांग्रेसको महाधिवेशनले समेत स्पष्ट बिचार तय गर्न नसकेको आरोप लगाउदै ओलीले पदाधिकारी छान्न मात्रै कांग्रेस केन्द्रीत भएको उल्लेख गरे। ओलीले कांग्रेस नेतृत्वको सरकारले मुलुकको बिकास गर्न नसक्ने र अर्थतन्त्र समेत ध्वस्त पारेको बताए।

उनले केहि सामाजिक असन्तुष्टिलाई उपयोग गर्न खोलिएको पार्टीहरु मौसमी खालको भएको तर्क गरे। मौसमी खालका पार्टीहरु स्थायी नहुने र उनीहरुले देशको बिकास पनि गर्न नसक्ने ओलीको भनाइ छ।

अध्यक्ष ओलीले उद्धेश्यमा संगठित हुने पार्टी एमाले मात्रै भएको दावी गरे। उनले सुखी नेपाली समृद्ध नेपालको नारालाई साकार पार्नका लागि नै एमालेले काम गर्ने स्पष्ट पारे।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *