राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी

डिसी नेपाल
११ माघ २०७९ १६:४४
96
Shares

काठमाडौं । नेपाली कांग्रेस रोल्पाका पूर्व सभापति माधवप्रसाद आचार्यले राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी दिएका छन् ।

आचार्यले बुधबार दिउँसो साढे २ बजे प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर मनोनयन दर्ता गरेका हुन । उनको प्रस्तावकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोखबहादुर चौधरी रहेका छ्न् ।

कांग्रेसले आज बिहानमात्र आचार्यको नाम टुंगो लगाएको थियो । सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दर्ता गराएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.