भारतको ७५औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा कसले के भने ?

डिसी नेपाल
११ माघ २०७९ १६:५३

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायले नेपाल–भारत सम्बन्धलाई नयाँ आयाममा अघि बढाउन दुवै देशका सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

रिपोटर्स क्लब नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशको बीचमा रहेका समस्या पनि हल गरिनुपर्नेमा जोड दिए । उनले भारतलाई पनि नेपालको अत्यन्तै ठूलो साथ र सहयोग रहेको उल्लेख गरे । उनले दुई देशबीच भएका समस्या समाधान गर्दा ‘कोही नहार्ने र कोही नजित्ने’ बाटो खोज्नुपर्ने सुझाव दिए । उपाध्यायले नेपाल र भारतबीच रहेको व्यापार घाटा कम गर्नेगरि काम गर्नुपर्ने जिकिर गरे ।

साक्षात्कारमा नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको भन्दै आगामी दिनमा अझ यसलाई मजबुद बनाउँदै लैजानुपर्नेमा जोड दिए । भट्टराईले दुई देशबीच कतिपय पूराना विषय वार्ताको टेबुलमा बसेर टुँगो लगाउनुपर्ने उनले बताए । दुई देशबीचका समस्या समाधानको लागि गठित इपिजीले प्रतिवेदन तयार पारेर बुझाउन खोज्दापनि भारतले नबुझेकोमा उहाले गुनासो गरे । त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले नेपाल र भारतबीच हजारौं वर्षको पूरानो सम्बन्ध रहेको उल्लेख गर्दै यो सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताए । नेपालमा विजुली उत्पादन बढि भएर अब बजारको समस्या आइरहेको उनले बताए ।

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता राजकिशोर यादवले नेपाल–भारत सम्बन्ध बहुआयामिक रहेको भन्दै आगामी दिनमा यसलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *