आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय

डिसी नेपाल
११ माघ २०७९ १८:५२

काठमाडौं । सरकारले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले छानबिन गर्ने निर्णय गरेको हो ।

बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको बताइएको छ ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सवारी भइरहेकै बेला नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए । उनको उपचारका क्रममा कीर्तिपुरको बर्न सेन्टरमा आज बिहान निधन भएको हो ।

उनले आत्मदाह गर्नुअघि करिब ६ हजार शब्द लामो फेसबुक स्टाटस लेख्दै देशको अवस्था र आफूले भोग्नुपरेको सास्तीका विषयबारे उठान गराउँदै विभिन्न बुँदाहरुमा सरकारलाई सुझाव दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *