विश्वासको मत दिएको विषय समाप्त भइसक्यो : डा कोइराला
मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएको विषय अब समाप्त भइसकेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग उनले नेकांले वर्तमान सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएकाले यस विषयमा अब पार्टीभित्र कुनै किसिमको वादविवाद नरहेको स्पष्ट पारे।
राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम रहेको उल्लेख गर्दै डा कोइरालाले नेकांले आफ्नो उम्मेदवार दिने र अन्य दलसँग छफलफल भइरहेको जानकारी दिए । उनले मङ्गलबार नयाँ बानेश्वरको आत्मदाहको घटना अन्त्यन्त दुःखदायी भएको प्रतिक्रिया दिए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment