राष्ट्रपति निर्वाचन अघि केन्द्रीय समितिको बैठक बोलाउन चाहँदैनन् देउवा

डिसी नेपाल
१३ माघ २०७९ ७:०५
60
Shares

काठमाडौं। माघ १५ गतेका लागि तय भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्नु तीन दिन अघि बिहीबार पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले अनिश्चितकालका लागि स्थागित भएको बताए।

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको यो तेस्रो पटक हो। बैठक स्थगित गर्नुको कारण भने खुलाइएको छैन।

तर सभापति शेरबहादुर देउवा राष्ट्रपतिको चुनाव अघि केन्द्रीय समिति बैठक नबोलाउने पक्षमा रहेको बताइएको छ। राष्ट्रपति निर्वाचनको मिति तय भएको छैन। तर एक महिनाभित्र राष्ट्रपतिको निर्वाचन गर्ने तयारी छ। त्यसअघि केन्द्रीय समिति बैठक नबोलाउने रणनीति देउवाले लिएको उनी निकट स्रोतले जनाएको छ।

पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका कारण पार्टीभित्र देउवाको आलोचना हुँदै आएको छ। केही दिन अगाडि डा. शेखर कोइराला समूहको भेलामा त सरकारलाई दिएको विश्वासको मत फिर्ता लिनुपर्ने आवाज उठेको थियो।

केन्द्रीय समिति बैठकमा पनि विश्वासको मत दिनुको कारणबारे प्रश्न उठ्ने, प्रचण्डको आलोचना हुने र विश्वासको मत नै फिर्ता लिनुपर्ने माग उठ्ने विषयलाई मध्यजनर गर्दै देउवाले केन्द्रीय समितिको बैठक अनिश्चितका कालका लागि स्थगित गराएको बताइएको छ।

यतिबेला देउवा प्रचण्डलाई चिढाउन चाहँदैनन्। निर्वाचनसम्म गठबन्धन गरेका प्रचण्ड प्रधानमन्त्री नपाएपछि एमालेसँग गठबन्धन गर्न पुगेका प्रचण्डले अहिले पनि कांग्रेसप्रति नरम नीति अख्तियार गरेका छन्।

कांग्रेसले त प्रचण्डलाई विश्वासको मत नै दिएर विश्वास गरेको छ। त्यसको परीक्षा अब राष्ट्रपति निर्वाचनमा हुने नेताहरुले सार्वजनिक रुपमा बताउँदै आएका छन्।

यतिबेला देउवा प्रचण्डलाई चिढाउन चाहँदैनन्। निर्वाचनसम्म गठबन्धन गरेका प्रचण्ड प्रधानमन्त्री नपाएपछि एमालेसँग गठबन्धन गर्न पुगेका प्रचण्डले अहिले पनि कांग्रेसप्रति नरम नीति अख्तियार गरेका छन्। कांग्रेसले त प्रचण्डलाई विश्वासको मत नै दिएर विश्वास गरेको छ।

कांग्रेस माओवादीको सहयोगमा राष्ट्रपतिमा आफ्ना उम्मेदवार जिताउन चाहन्छ। प्रचण्डले पनि राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति हुनुपर्ने बताउन छोडेका छैनन्।

जबकि प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेले सभामुख र राष्ट्रपति लिने सहमति भएको थियो। सो सहमति अनुसार प्रचण्ड प्रधानमन्त्री बनेका छन् भने सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्।

यस्तै सातवटै प्रदेशमा सहमति अनुसार मुख्यमन्त्री नियुक्त भइसकेका छन्। कांग्रेसले सरकारलाई विश्वासको मत दिनेजस्तो महत्वपूर्ण निर्णय केन्द्रीय समिति बैठकबाट गरेको छैन।

केन्द्रीय कार्यसम्पादन र विधानले नचिन्ने पदाधिकारी बैठकबाट महत्वपूर्ण निर्णय हुँदै आएकामा केन्द्रीय सदस्यहरूले सभापतिलगायत पदाधिकारीको आलोचना गर्दै आएका छन्।

निर्वाचनमा सबैभन्दा ठूलो दल बनेर पनि राज्यसत्ताबाट बिमुख भएको कांग्रेसले माओवादीको साथमा राष्ट्रपतिमा आफ्ना उम्मेवार जिताउने रणनीति लिएको छ। यही कारण देउवा प्रचण्डलाई विश्वासमा लिन चाहन्छन्।

सोही रणनीति अनुसार केन्द्रीय समितिको बैठक बारम्बार स्थगित भइरहेको छ। नेतृत्वले ध्यान नपुर्याउँदा ठूलो दल बनेर पनि सत्ता गुमाउनु परेको भन्दै देउवाको आलोचना भइरहेको छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ले विधान अधिवेशन बोलाउन संयुक्त रुपमा माग नै गरेका छन्।

कांग्रेसमा मंसिर ४ गते सम्पन्न आमचुनावको समीक्षा, समसामयिक राजनीति र विविध विषय केन्द्रीय समिति बैठकको एजेण्डा तय गरिएको थियो। पुस २२ गतेका लागि बोलाएको बैठक पटक-पटक सर्दै आएको थियो।

कांग्रेसले यसअघि पुस २८ मा केन्द्रीय समिति बैठक राखे पनि स्थगित गरेर माघ १५ का लागि सारेको थियो। त्यसअघि कांग्रेसले पुस २२ मा केन्द्रीय समिति बैठक बोलाएकोमा स्थगित गरेको थियो।

कांग्रेसको विधानअनुसार हरेक दुई/दुई महिनामा केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने हो। पछिल्लोपटक २७ असारदेखि २ साउनसम्म केन्द्रीय समिति बैठक बसेको थियो। ५ भदौमा प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पास गर्न अर्को बैठक बस्यो। त्यसयता केन्द्रीय कार्यसमितिको बैठक बसेको छैन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.