गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ

डिसी नेपाल
१३ माघ २०७९ १०:२४
76
Shares

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार पनि हुने भएको छ।

बुधबार सर्वोच्चको संवैधानिक इजलासले यो मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेको थियो। गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीलाई अहिलेसम्म नबुझाएको बहसका क्रममा वकिलहरूले उठाएका थिए।

अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नेपाली नागरिकताको प्रयोग गरेको आरोप लामिछानेलाई लगाइएको छ।

रविराज बसौला र युवराज पौडेलले लामिछाने सांसद हुन समेत अयोग्य रहेको भन्दै लामिछानेलाई काममा रोक लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट हालेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.