रवि लामिछाने ‘अनागरिक’, उपप्रधानमन्त्री र सांसद पद खारेज

डिसी नेपाल
१३ माघ २०७९ १७:५४
572
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको छ ।

योसँगै उनको सांसद पद तथा मन्त्रीपद पनि खारेज भएको छ । त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् ।

अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको छ ।

कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, संवैधानिक इजलासको यो फैसलासँग गृहमन्त्री लामिछानेको चितवन–२ को सांसद पद रिक्त भएको छ । उक्त स्थानमा पुनः निर्वाचन हुनेछ ।

फैसलाको पुर्ण पाठ आउन बाँकी रहेको छ । सर्वोच्च बाहिर लामिछानेको समर्थनमा चर्को नारावाजी भएको छ । नारावाजी गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.