कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भनेर गम्भीरतापूर्वक सोच्ने बेला आयो : बैद्य

डिसी नेपाल
१४ माघ २०७९ १९:१३
28
Shares

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन बैद्यले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढगले संगठित गर्न जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा इन्द्रमोहन सिग्देलद्वारा लखित विचारधारात्मक संघर्ष पुस्तकको परिचर्चा कार्यक्रममा महासचिव बैद्यले कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको अवस्थामा यसलाई नयाँ ढगले संगठित गर्न जरुरी रहेको बताएका हुन् । उनले कठिन संघर्षकाबीचबाट कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नु बेला आएको पनि धारणा राखे । उनले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन बिभिन्न शक्तिसंग एकताको कुरा भएपनि विप्लव नेकपा भने एकताबाट पछि हटेको जिकिर गरे ।

नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य समेत रहेका सिग्देलद्वारा लखित पुस्तकमा पछिल्लो अवधिमा लेखिएका तीन दर्जन जति आलेखहरुलाई विचार, राजनीति, अर्थराजनीति, सङ्गठन, राष्ट्रिय स्वाधीनता, अन्तर्राष्ट्रिय तथा विविध जस्ता भागहरुमा वर्गीकरण गरि समावेश गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.