रविले पाए नेपाली नागरिकता

डिसी नेपाल
१५ माघ २०७९ १४:३४
3.0k
Shares

काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकता प्राप्त गरेका छन् । उनले आजै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर  पुनःप्राप्तिको प्रक्रियाबाट नेपाली नागरिकता लिएका हुन् ।

आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उनले पुनः नागरिकताको प्रमाणपत्र लिन निवेदन दिएका थिए । उनलाई नागरिकताको प्रमाणपत्र दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पदमा गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए।

यसपछि आइतबार समर्थकसहित उनी पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन्।

 


No ads found for this position

प्रतिक्रिया

One thought on “रविले पाए नेपाली नागरिकता”

Leave a Reply

Your email address will not be published. Required fields are marked *