राप्रपा नेपालको भक्तपुर पार्टी कार्यालयमा चोरी
DPM and Minister for Energy Kamal Thapa speaks to media after a meeting of the Council of Ministers at Singha Durbar, Kathmandu, on Friday, November 24, 2017. Photo: RSS
भक्तपुर। भक्तपुरको सल्लाघारीस्थित राष्टिय प्रजातन्त्र पार्टी नेपाल भक्तपुर जिल्ला पार्टी कार्यालयबाट शनिबार राति चोरी भएको छ। पार्टी कार्यालयबाट सीजी कम्पनीको ३२ इन्चको टिभी एक थान (अन्दाजी मूल्य रु ३६ हजार) बराबरको चोरी भएको भक्तपुर प्रहरीले जनाएको छ।
भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारी कटुञ्जे चोकस्थित बलराम थापाको तीनतल्ले घरको दोश्रो तल्लामा रहेका तीन वटा कोठाको ताला फोडेर चोरी भएको परिसरका प्रमुख एसपी प्रजित केसीले जनाए। उनका अनुसार रातको समयमा मूल ढोका खुल्ला रहेको थियो।
उक्त स्थानमा महानगरीय प्रहरी बृत जगाती भक्तपुरबाट प्रहरी निरीक्षक सुन्दर चौलागाईको कमाण्डमा टोली खटिइ अनुसन्धान भएको जनाइएको छ। चोरी गर्ने व्यक्ति हालसम्म फरार छन्। घटनास्थल बृत जगातीबाट दुई किलोमिटर पश्चिममा पर्छ।







डिसी नेपाल








Facebook Comment