प्रतिनिधिसभा सदस्य अरुण चौधरी नाै वर्षदेखि फरारको सूचीमा

डिसी नेपाल
१६ माघ २०७९ १०:३७
596
Shares

काठमाडाैं। प्रतिनिधि सभाका सदस्य अरुणकुमार चौधरी नौ वर्षदेखि फरार सूचीमा रहेको भेटिएको छ। चौधरी सहितका तीन जनालाई कैलाली जिल्ला अदालतले २०७० बैशाख ९ गते छ महिना कैद तोकेको थियो।

सांसद चौधरी सहितले २०६५ साल भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दा परेको थियो। हालको लम्कीचुँहा नगरपालिका (साविकको बलिया गाविस) क्षेत्रमा सो ट्याक्टर जलाइएको थियो।

मुद्दामा ट्याक्टर जलाएर आठ लाख १९ हजार ४२३ रुपैयाँ बराबरको क्षति पुगाएको दावी ट्याक्टरका मालिक महादेव वजगाईले गरेका थिए। अदालतले तीनै जनाबाट विगो रकम असुल्न समेत आदेश गरेको पाइएको छ।

सो मुद्दामा लम्कीचुँहाकै पर्शुराम चौधरी र वीरबहादुर चौधरी दोषी ठहरिएका छन्। शुक्रबार वीरबहादुर चौधरी पक्राउ परेपछि सांसद चौधरी फरार सूचीमा रहेको खुलासा भएको हो।

२०७४ मा लम्कीचुँहाको मेयर र प्रदेश सभा सदस्यमा पराजीत चौधरी २०७९ को चुनावमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। उनी रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टीबाट विजयी भएका हुन्।

अदालतले सांसद चौधरीलाई फरार सूचीमा राखे पनि राज्यशक्तिकै आडमा प्रहरीले उनलाई पक्राउ गरेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.