अर्थतन्त्र सुधारकाे लागि २० बुँदे सुझाव दिँदै नेकपा एसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

डिसी नेपाल
१७ माघ २०७९ ९:५७
272
Shares

काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएकाे छ।

आज बिहान ९ बजे एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएकाे हाे।

चरम आर्थिक संकट परेको, बैंकको ब्याजदरमा असमान बृद्धि हुदाँ सर्वसाधरणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै नेकपा एसले ज्ञापन पत्र बुझाएकाे हाे।

नेकपा एसलेले आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै ध्यानाकर्षण गराएको छ।

दैनिकजसो आत्महत्याको घटना हुनु पनि त्यसैको कारण भएको नेकपा एसकाे ठहर छ। माधव नेपालको नेतृत्वमा झलनाथ खनाल, बेदुराम भुसाल र गंगालाल तुलाधर ज्ञापन पत्र बुझाउन बालुवाटार पुगेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *