मालपोतको सेवा प्रभावकारी र झन्झटमुक्त बनाउन कर्मचारीलाई मन्त्री राईको निर्देशन

डिसी नेपाल
१८ माघ २०७९ १५:२७
88
Shares

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले मालपोत कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटो–छरितो, प्रभावकारी र झन्झटमुक्त बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्।

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने मुख्य भूमिका कर्मचारीहरुको हुने उल्लेख गर्दै मालपोत कार्यालयहरुका कामहरुलाई झन्झटमुक्त बनाउन उनले निर्देशन दिएका हुन्।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको काम कारबाही बारेमा ‘ब्रिफिङ’ लिँदै मन्त्री राईले जनतालाई सरल, सहज र छिटो गरी सेवा उपलब्ध गराउन निर्देशन दिए। विभागका कर्मचारीसहित उपत्यकामा रहेका मालपोत कार्यालयका प्रमुखहरु उपस्थित कार्यक्रममा मन्त्री राईले मालपोत कार्यालय र कर्मचारीप्रतिको जनताको धारणा बदलिने गरी काम गर्न निर्देशन दिए।

मन्त्री राईले आफू सामूहिकतामा विश्वास राख्ने उल्लेख गर्दै मन्त्रालय, विभाग र मातहतका कार्यालयको समन्वयमा सेवा प्रवाह प्रभावकारी र सरल बनाउनुपर्नेमा जोड दिए। मन्त्री राईले जग्गाको मूल्य निर्धारणमा हुने नीतिगत भ्रष्टचारले ठूलो मात्रामा राजस्व हिनामिना भइरहेको भन्दै मूल्य निर्धारणबाट हुने राजस्व हिनामिना हुन दिन नहुने बताए। मन्त्रालयका सचिव डा दामोदर रेग्मीले मालपोतका कर्मचारीहरु जग्गा प्रशासन जस्तो महत्वपूर्ण भूमिकामा रहेकाले सोही अनुसार प्रभावकारी काम गर्न आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.