लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद चौधरीको माग

डिसी नेपाल
१८ माघ २०७९ १५:३६
76
Shares

काठमाडौँ। प्रतिनिधिसभा सांसद रञ्जिता श्रेष्ठ चौधरीले थारु राजबन्दीको बारेमा छानबिन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छिन्।

प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै निर्दोष थारुहरूलाई राज्यले अनाहकमा थुनेको आरोप लगाउँदै पुर्व सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्नसमेत माग गरेकी छिन्।

‘धेरै निर्दोष थारुहरुलाई फसाइएको छ, निर्दोष थारुहरूले न्याय पाउँछौ भनेर मेरो मन खुसी भएको थियो तर न लाल आयोगको प्रतिवेदन सार्वजनिक भयो, न त अहिलेसम्म रेशम चौधरीलाई छुटाउन सरकार गम्भीर बन्यो ?’ उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेर वा अध्यादेशमार्फत भए पनि पुर्व सांसद चौधरीको रिहाईको माग गरेकी छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *