कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

डिसी नेपाल
२२ माघ २०७९ १७:५७
28
Shares

सुर्खेत। शनिबार कर्णाली प्रदेश अस्पताल सुर्खेतले पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सफल भएको जनाएको छ। नवलपरासीका बर्दघाट नगरपालिका–४ का युवक २२ वर्षीय युवाले ४३ वर्षीया आमालाई आफ्नो मिर्गौला दिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए।

अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा शल्यक्रिया गर्ने टोली आएको थियो।

टोलीमा प्रत्यारोपण केन्द्रका शल्य चिकित्सक डा. रविकिरण गौतम, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट डा. शोभित थापा, डा. रस्मित श्रेष्ठ, नेफ्रोलोजिष्ट डा. सुमित आचार्य, डा. दीपा लामिछाने, रेडियोलाजिष्ट डा. समीर दवाडी रहेको प्रदेश अस्पतालका निर्देशक डा. खड्काले जानकारी दिए।

खड्काको नेतृत्वमा सल्यचिकित्सक डा. गणेश थापा, डा. विकास खड्का, एनेस्थेसियोलोजिष्ट डा. पूजन बल्ल, डा. जेनी बज्राचार्य, फिजिसियन डा. कुलराज शाही, अपरेसन थिएटरका इन्चार्ज प्रभा रावल लगायतको टोली सहभागी भएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *