भ्रष्टचार बिरुद्ध सरकार निर्मम हुने प्रधानमन्त्रीको प्रतिबद्धता

डिसी नेपाल
२८ माघ २०७९ १२:३०
36
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टचार बिरुद्ध सरकार निर्मम तरिकाले लाग्ने जनाएका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं बार्षिकोत्सबलाई सम्वोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवाग्राही बिचको प्रत्यक्ष सम्पर्कलाई घटाई सेवा प्रवाहमा हुन सक्ने ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्ययोजना बनाई कामको थालनी भईसकेको जनाएको छन ।

‘शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई जस्ता आधारभूत सेवादेखि राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, लगायत प्रशासनिक सेवामा सरलता, शिघ्रता, सुलभता र पारदर्शिता कायम गर्न सरकार निकै संवेदनशील भई लागि परेको छ ‘सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुमा सदाचारिता अभिवृद्धि गर्न सूचना प्रविधिको अधिकतम् प्रयोगमार्फत सेवा प्रदायक र सेवाग्राही बिचको प्रत्यक्ष सम्पर्कलाई घटाई सेवा प्रवाहमा हुन सक्ने ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्ययोजना बनाई कामको थालनी भईसकेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने,  भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम् हुने कुरा समेत आजको यस महत्वपूर्ण अवसरमा दोहोर्याउन चाहान्छु।’

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *