स्रोत नखुलेको १ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

डिसी नेपाल
५ फागुन २०७९ ८:५६
36
Shares

बारा। बाराको बिश्रामपुरबाट एक लाख भारतीय रुपैयासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका १२ मटिअर्वाका ४० वर्षीय राकेशकुमार साह कलवार रहेका छन्।

भारतबाट नेपालतर्फ आउदै गरेका साहलाई प्रहरीले बलिरामपुरस्थित मुसहर्वा नाकाबाट नियन्त्रणमा लिएको हो। मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउदै गरेका साहलाई चेकजाँच गर्दा उनको साथबाट भारतीय एक लाख पाँच सय रुपैया फेला पारेको प्रहरीले जनाएको छ।

चेकजाँचका क्रममा रकमको स्रोत नखुलेको र उनको साथबाट पाँच सय रुपैयाको दुई सय एक थान भारतीय रुपैया बरामद गरेको प्रहरीको भनाई छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *