सुनसरीबाट २८ केजी गाँजासहित एक जना पक्राउ

डिसी नेपाल
५ फागुन २०७९ १९:०१
36
Shares

काठमाडौं। सुनसरीबाट २८ केजी गाँजासहित एक जना पक्राउ परेका छन्। सुनसरीको हरिनगर गाँउपालिका-७ स्थित देवानगंज पुल नजिकबाट गाँजासहितको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी घुस्की सुनसरीले दुहबि नगरपालिका ४ बस्ने २० वर्षीय मोहमद रुस्तमलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीले दुहबिबाट घुस्कीतर्फ आउँदै गरेको को २ त ७९९३ नम्बरको ट्रयाक्टरमा शंका लागेर जाँच गर्दा ट्रयाक्टरको ट्रालीमुनि फल्सबटम बनाई बोरामा १४ पोका पारेर ल्याइएको गाँजा बरामद भएको हो।

नियन्त्रणमा लिईएका रुस्तमलाई गाँजा र ट्रयाक्टरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय देवानगंज सुनसरीमा बुझाएको छ।

यस्तै, मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका १ स्थित सीमा ईलाकाबाट फागुन ५ गते सशस्त्र प्रहरीले करीब २ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ।

भारतबाट अवैध रुपले भन्सार छलि ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङले बरामद गरेको हो।

बरामद सामान भन्सार कार्यालय बिराटनगरमा बुझाइएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *