एक्साइडको नँया इ–रिक्सा ब्याट्री, १५ महिनाको वारेन्टी

डिसी नेपाल
१८ फागुन २०७९ ११:२८
40
Shares

काठमाडौँ। सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले एक्साइड ब्राण्डको विद्युतीय रिक्सामा प्रयोग हुने नँया इ–रिक्सा ब्याट्रीको नेपाली बजारमा विक्री वितरण सुरु गरेको छ। एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्री नेपालको एक मात्र १५ महिना लामो वारेन्टी भएको ब्याट्री हो।

विश्व प्रसिद्ध एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्रीहरु फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकोले सिधा जडान गर्न सकिने छ। साथै विशेष अलोई प्रणाली भएका यी ब्याट्रीहरुले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्छन्।

यसैगरी, यिनीहरुमा “रगेड ट्युवलर पोजिटिभ प्लेट“ को विशेषता भएकोले यसले विद्युतीय रिक्साको भार तान्न सक्ने क्षमतामा अधिकतम वृद्धि गर्दछ। आफ्नो उत्कृष्ट रसायनिक एवं अन्य गुणहरुको कारण यो नँया उत्पादनले छोटो समयमै ग्राहकहरुको मन जित्नेमा सिप्रदी ढुक्क छ।

कम्पनीको अनुसार कुनै पनि पुरानो ब्याट्री साटेर नँया एक्साइड ब्याट्री पनि ग्राहकहरुले प्राप्त गर्न सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *