डिशहोममा १ वर्षको रिचार्ज गर्दा अंगाई र भण्डारीले जिते जनही एक लाख

डिसी नेपाल
१८ फागुन २०७९ १५:३२
100
Shares

काठमाडौँ। १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्नुहुन्छ। यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन्।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने छन्। यसै क्रममा भिमसेन थापा गाउँपालिका २, का रामजी प्रसाद अंगाइ र गंगा जमुना गाउँपालिका ४ का राजेन्द्र भण्डारीले जनही एक लाख रुपैयाँ जितेका छन्।

डिलर दाई बिष्णुमणी श्रेष्ठ, चुलनारायण श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठको मा एक वर्ष रिचार्ज गरेर रामजी प्रसाद अंगाई र राजेन्द्र भण्डारीले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए। डिशहोमको तर्फ वाट सेल्स अफिसर मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले पुरस्कार रकम हस्तान्तरण गरेका छन्।

विजेताहरुलाई बधाई दिँदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ। लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे रियालिटी टिभी, रमाईलो टिभी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसक्नु हुन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *