यौन दुर्व्यवहार आरोपमा अनाथालयका प्रमुख कारागार चलान

डिसी नेपाल
१८ फागुन २०७९ १८:२०
56
Shares

कञ्चनपुर । कञ्चनपुर जिल्लामा यौन दुर्व्यवहार तथा जबरजस्ती करणीको आरोपमा एक जनालाई कारगार चलान गरिएको छ ।

जिल्लाको भिमदत्त नगरपालिका–४का शंकर बहादुर चन्दलाई कारागार चलान गरिएको छ । कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकर बहादुर चन्दले विगत एव वर्षदेखि वालवालिका विद्यालय गएको बेला अफिसमा पटक–पटक अनाथलयमा बस्ने बालिकालाई यौन दुर्व्यवहार,जबरजस्ती करणी गरी गर्भपतन समेत गरेको खुलेको छ ।

उनलाई बालयौन दुरुपयोग, जबरजस्ती करणी र गर्भपत कसुरमा मुद्वामा कञचनपुर जिल्ला अदालतले बालयौन दुरुपयोग कसुरमा ५० हजार जरिवाना , जबरजस्ती करणी र गर्भपतन कसुरमा पुर्पक्षका लागी कारागार पठाएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *