मुग्लिन-पोखरा सडक तनहुँ खण्ड १० दिनसम्म राति ४ घन्टा बन्द हुने

डिसी नेपाल
१९ फागुन २०७९ ८:२९
36
Shares

तनहुँ। मुग्लिन–पोखरा सडक योजना (पूर्वीखण्ड) आगमी २९ गतेसम्म बन्द हुने भएको छ।

तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो।

फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गरिने मुग्लित्र पोखरा सडक खण्ड (पुर्वी योजना)ले जनाएको छ।

‘१० दिनसम्म राति १२ बजे देखी बिहान ४ बजेसम्म यातायाता आवागमन बन्द गरी सडक खन्ने कार्य गर्नु पर्ने भएकाले सो समयमा अगाडी वा पछाडी मात्र उक्त सडक वारपार गरिदिनु हुन सबन्धित सबै यात्रु महानुभावहरुमा हार्दिक अनुरोध छ’ जारी सूचनामा भनिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *