छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

डिसी नेपाल
१९ फागुन २०७९ १२:१२
44
Shares

काठमाडौँ।  कञ्चनपुर र नवलपरासीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कञ्चनपुर, बेलौरी नगरपालिका-६ रिछामा से.१ त १८३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका-३ पडाउ बस्ने ४५ वर्षीय शिवचरण चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।

नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ नयाँबस्तीमा प्रदेश ३-०३-००१ प ४९६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका-१७ देवगाउँ बस्ने ३४ वर्षीय शैलेश यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *