रुसले युक्रेनका धेरै सहरमा ठूलो संख्यामा मिसाइल प्रहार गर्यो
काठमाडौं । रुसले युक्रेनका धेरै सहरमा ठूलो संख्यामा मिसाइल प्रहार गरेको छ । राजधानी किभको पश्चिमी र दक्षिणी जिल्लाहरूमा राहत कार्यका लागि आपतकालीन सेवाहरू खटाइएको छ।
किभका मेयर भिटाली क्लित्सकोले एउटा आवासीय भवनको अगाडि जलिरहेको कारहरू देखिएको बताएका छन्। समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार यी हमलाहरूमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
उनले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् । खार्किभ र आसपासका क्षेत्रमा रहेको यो आवासीय भवनबाहेक महत्वपूर्ण स्थानमा रुसी पक्षबाट कम्तीमा १५ वटा मिसाइल प्रहार गरिएको छ ।
युक्रेनको दक्षिणी भाग ओडेसामा पनि क्षति पुगेको समाचार छ । युक्रेनको इनर्जी कम्पनीले यो हमलापछि जापोरिज्ह्या न्यूक्लियर प्लान्टबाट विद्युत आपूर्ति बन्द भएको बताएको छ ।
पश्चिमी शहर ल्भिभमा पनि विस्फोटको आवाज सुनिएको थियो। युक्रेनका १३ क्षेत्रमा हवाई आक्रमणको साइरन सुनिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment