अडानी समूहले शेयरको आधारमा लिएको सबै ऋण चुक्ता गर्यो
काठमाडौं । उद्योगपति गौतम अडानी र उनको परिवारले अडानी समूहको शेयरले ग्यारेन्टी गरेका सबै ऋण समयअघि नै चुक्ता गरिसकेका छन् ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार कम्पनीका वरिष्ठ अधिकारीहरूले लन्डनमा भएको अडानी समूहका लगानीकर्ताहरूको बैठकमा यो जानकारी दिएका हुन्।
लगानीकर्तालाई आश्वस्त पार्ने विश्वव्यापी अभियानअन्तर्गत लगानीकर्ताहरूको यो भेटघाट भएको ब्लूमबर्ग न्यूजको रिपोर्टमा उल्लेख छ ।
यसमा अडानी समूहले लगानीकर्ताहरुलाई कम्पनीको आर्थिक अवस्था पूर्ण रुपमा नियन्त्रणमा रहेको आश्वस्त गरेको छ ।
यद्यपि रोयटर्सका अनुसार अडानी समूहबाट यस घटनाक्रममा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment