इरान र साउदी अरबका विदेशमन्त्रीबीच फोनमा के कुरा भयो ?

डिसी नेपाल
२० चैत २०७९ १४:४२
68
Shares

काठमाडौं । आइतबार साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान र इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुलाह्यानबीच फोनमा वार्ता भएको छ ।

वार्ताका क्रममा दुई नेताबीच आपसी हितका विषयमा र ‘हालै भएको त्रिपक्षीय सम्झौता’बारे छलफल भएको थियो । गत महिना नै दुई देशबीच कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने सहमति भएको थियो र दुवै देशले आगामी दुई महिनाभित्र दूतावास खोल्ने बताएका थिए ।

यस वार्तालापको जानकारी दिँदै इरानको विदेश मन्त्रालयले लेखेको छ, “इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुलाह्यान र साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले सम्बन्धको सकारात्मक प्रवृत्तिप्रति खुशी व्यक्त गर्दै छिमेकी नीतिलाई विस्तार गर्ने दृढता व्यक्त गरेका छन्।”

“दुई शीर्ष कूटनीतिज्ञहरूले इरान-साउदी अरेबिया सम्झौताको वर्तमान स्थिति र उनीहरूको आगामी बैठकको बारेमा पनि छलफल गरे। बिन फरहानले इरानी र साउदी अधिकारीहरूसँग सम्पर्कमा रहनुपर्ने आवश्यकतामा जोड दिँदै दुवै पक्षको वर्तमान प्रयासलाई सकारात्मक र सन्तोषजनक बताए।”

चीनको सहयोगमा दुई देशबीच मार्च १० मा यो सम्झौता भएको थियो । २०१६ मा, साउदी अरबमा एक शिया धर्मगुरुलाई फाँसी दिएपछि, इरानी प्रदर्शनकारीहरू साउदी अरबको दूतावासमा प्रवेश गरे। त्यसपछि दुवै देशको कूटनीतिक सम्बन्ध तोडिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *