चट्याङ लागेकी महिलाको उपचारको क्रममा मृत्यु
ओखलढुंगा। चट्याङ लागेर गम्भिर घाइते भई उपचाररथ महिलाको मृत्यु भएको छ। शनिबार अपराह्न चट्याङमा परी घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको उपचारको क्रममा आज मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको हो। उनलाई हिजो घरमा नै बसिरहेको अवस्थामा चट्याङ परेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment