इनार सफा गर्ने क्रममा एकजनाको मृत्यु

डिसी नेपाल
१७ वैशाख २०८० २२:०५
388
Shares

मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१४ बेल्डीहामा इनार सफा गर्ने क्रममा एकजनाको मृत्यु भएको छ ।

इनार सफा गर्ने क्रममा अचानक इनार भासिँदा गैँडाकोट १३ का ४४ वर्षका तुलसी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)को सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए।

स्थानीय चेतबहादुर भुसालको घरको इनार सफा गर्ने क्रममा इनार भासिएर दुर्घटना भएको उनले बताए ।

इनार सफा गर्ने क्रममा अचानक इनार भासिँदा थारु बेपत्ता भएका थिए। स्थानीय र प्रहरीसहितको टोलीले इनारभित्र थारुलाई साँझ मृत फेला पारेको सूचना अधिकारी पाठकले उल्लेख गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *