कविता : अलिकति पिएको छु…
अलिकति पिएको छु गाली नगर प्रिय
यसैको हालमा त आजसम्म जीएको छु
कसैको केही खाएको छैन मैले
यसैमा जिउँने कसम खाएको छु।
अलिकति पिएको छु गाली नगर प्रिय
यसैमा सत्यताको भाषणहरू ठोकेको छु
नत्र म झुटमुटको कात्रो बोकेर
हिँडेको
एक लम्पसार यात्रीझैं हिडने
बिकखबन्दमा परेको मान्छे हुँ
यसैमा मान्छेझै आफैंलाई भुलिरहेछु।
अलिकति पिएको छु र पो
बन्धनहरूबाट मुक्त भएको छु
आफैंलाई मान्छे जस्तै बुझिरहेछु
नत्र कति बाँचाहरू खानु अरूसँग
यस्तै भुलभुले मायाले ग्रसित छु
मान्छेहरूलेझैं नाटक गरिएको छु।
कहिले मलाई पनि त आफैसँग बाँच्न देउ
आफ्नैं मनमा हराएर भुल्न देउ
एक पल भएपनि मुस्कुराउँदै
सुरूप्प एक पेग लागाउन देउ
झुटमुटको आफ्नो कहालीलाई
साच्चिकै जस्तै बनाउन देउ।।
जिउँदो नसाले ग्रस्त भएको पलहरुमा
यहाँ सबै नसाले मग्न भएका छन्
कोहि नसामा आफै कुदिरहेछन्
कोही नसामा आफै सकिरहेछन्
सबका सब नसामा मग्न भएका छन्
तथापि राम्रो भएको अभिनय गर्छन्
त्यसैले अलिकति नसामा छु
आफैंमा जिउने कलामा छु।
No ads found for this position


Facebook Comment