सबै सरकारी वेबसाइटको सर्भर डाउन
काठमाडौं। नेपाल सरकारका सबै वेबसाइट डाउन भएका छन्। मंगलबार साँझ एकाएक सबै सरकारी वेबसाइटको सर्भर डाउन भएका हुन्।
सिंहदरबारस्थित सबस्टेसनमा प्राविधिक समस्या आएपछि नेपाल सरकार मातहत ‘जीओभी डट कम”डट एनपी’ डोमेन भएका सबै सरकारी वेबसाइट डाउन भएका हुन् ।
सर्भर डाउन भएसँगै वेबसाइट नखुलेपछि अनलाइनबाट हुने अत्यावश्यकीय काम प्रभावित हुनुका साथै सेवाग्राहीहरुलाई सास्ती भएको छ।
यही कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भर डाउन भएकाले सेवा अबरुद्ध भएपछि उडान प्रभावित बनेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment