नेपाललाई चौथो सफलता, दिपेन्द्रसिंह ऐरीले लिए विकेट
काठमाडौं। जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको चौथो विकेट लिएको छ।
जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा भइरहेको खेलमा नेपालका दिपेन्द्रसिंह ऐरीले चौथो विकेट लिएका हुन् । उनले ४४ ओभरको अन्तिम बलमा नेपाललाई चौथो विकेट दिलाएका हुन्।
यसैगरी करण केसीले दोस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट लिए भने ४.१ ओभरमा गुल्सन झाले दोस्रो विकेट लिए । यस्तै सन्दीप लामिछानेले १५.३ ओभरमा तेस्रो विकेट लिए।
यो समाचार तयार पार्दासम्म वेष्ट इण्डिजले ४५ ओभरको समाप्तिमा ४ विकेट गुमाएर २८५ रन जोडेको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment