भलिबल : नेपाल तुर्किमिनिस्तानसँग पराजित

डिसी नेपाल
७ असार २०८० २२:४१
152
Shares

काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल तुर्किमिनिस्तानसँग पराजित भएको छ ।

किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा तुर्किमिनिस्तानले नेपाललाई ३–१ को सेटमा पराजित गरेको हो । तुर्किमिनिस्तानले खेलको पहिले सेट २५–१८ ले आफ्नो पक्षमा पार्‍यो । त्यसपछि नेपालले खेलको दोस्रो सेट २६–२३ ले जित्यो तर त्यसपछिको सबै सेट तुर्किमिनिस्तानले आफ्नो पक्षमा पार्‍यो । तुर्किमिनिस्तानले खेलको तेस्रो सेट २६–२४ ले जित्यो भने खेलको चौथो सेट २५–२० सहित विजयी भयो ।

जारी प्रतियोगितामा नेपालको यो लगातार चौथो हार हो । यसअघि नेपालले पहिलो खेलमा मङ्गोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तानको ए टोली र तेस्रो खेलमा इरानसँग पराजित भएको थियो । अब नेपालले आफ्नो पाँचौँ खेलमा किर्गिस्तानको ‘बी’ टोलीसँग भोलि खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.