तुलसीपुर उपमहानगरपालिकाले ल्यायो १ अर्ब ७९ करोडको बजेट
दाङ। दाङका १० वटै स्थानीय तहले आर्थिक वर्ष २०८०\०८१ को वजेट सार्वजनिक गरेका छन्।
घोराही र तुलसीपुर दुई उपमहानगरपालिका सहित सबै स्थानीय तहले आइतबार बजेट प्रस्तुत गरेका हुन्। तुलसीपुर उपमहानगरपालिकाले १ अर्व ७९ करोडको बजेट ल्याएको छ।
यो बजेट गतवर्षको भन्दा ७ करोड कम हो। गतवर्ष ३० करोड १२ लाख आन्तरीक श्रोतको लक्ष्य राखेको तुलसीपुर उपमहानगरपालिकाले यसपटक २१ करोड मात्रै लक्ष्य राखेको छ।
तुलसीपुरले कृषी, पशु र पर्यटनको विकासका लागि सरकारी निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धी र वित्तिय क्षेत्रको सुधार गर्दै रोजगारी सृजना गर्ने कुरालाई प्राथमिकतामा राखेको छ।
यस्तै घोराही उपमहानगरपालिकाले सामाजिक विकास, कृषी र रोजगारलाई प्राथमिक्तामा राखेर आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट ल्याएको छ। उप–प्रमुख हुमा कुमारी डिसीले २ अर्ब १५ करोड ५४ लाख ८३ हजार रुपियाँको बजेट प्रस्तुत गरेकी हुन्।
कुल बजेट मध्ये चालु तर्फ १ अर्ब २८ करोड ३ लाख रुपैयाँ अर्थात ५९ दशमलव ४० प्रतिशत र पुजिगत तर्फ ८७ करोड ५१ लख ८३ हजार अर्थात ४० दशमलव ६० प्रतिशत बजेट विनियोजन गरिएको छ।
बजेट कार्यान्वयनका लागी आन्तरिक आयबाट ३६ करोड, संघिय वित्तिय समानिकरण अनुदानबाट ३१ करोड १४ लाख, संघिय राजश्व बाँडफाँडबाट २५ करोड २४ लाख, प्रदेश समानिकरण अनुदानबाट २ करोड २९ लाख, प्रदेश राजश्व बाँडफाँडबाट २ करोड ८३ लाख, प्रदेश ससर्त अनुदानबाट २ करोड ७८ लाख, प्रदेश समपुरक अनुदानबाट ३२ करोड बेहोरिने छ।
चालु आर्थिक वर्षकै ३६ करोड रुपैयाँ बचत हुने अनुमान पनि घोराही उपमहानगरपालिकाको बजेटमा उल्लेख छ। घोराही उपमहानगरपालिकाले पूर्वाधार विकास तर्फ ५२ करोड ४८ लाख, सरसफाई वातावरण र विपद व्यवस्थापन तर्फ ५ करोड १ लाख रुपैयाँ विनियोजन गरेको छ।
दाङका दुई उपमहानगर सँगै लमही नगरपालिका र ७ वटा गाउँपालिकाले पनि आइतबार नै बजेट सार्वजनिक गरेका छन्।







डिसी नेपाल







Facebook Comment