पशुपतिनाथकाे जलहरीका विषयमा सत्यतथ्य जानकारी गराउन माग

डिसी नेपाल
११ असार २०८० १२:४६
144
Shares

काठमाडाैं। नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको सुनको जलहरी सम्बन्धमा सत्यतथ्य जानकारी गराउन माग गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा सांसद पौडेलले सुनको जलहरी सम्बन्धमा जाँच समेत भइसकेको अवस्थामा यस बिषयमा सदनमा सत्यतथ्य जानकारी गराउन माग गरेका हुन्।

उनले ट्रकमा ल्याएको सामानजस्तो नभएको भन्दै सुनको नापजाँचपछि कति सुन हरायो, कति सुन बाँकी छ र के अवस्था रहेको भन्दै भन्ने बारेमा जानकारी गराउनुपर्ने बताए

गएराति अख्तियार लगाएतको टोलीले पशुपतिनाथमा रहेको सुनको जलहरी नापजाँच गरिएपनि विवरण सार्वजनिक भने भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *