अमेरिकाको पार्टीमा अन्धाधुन्ध गोली प्रहारः दुईको मृत्यु, २८ घाइते
बाल्टिमोर। अममेरिकामा फेरी गोलीबारी चलेको घटना भएको छ।
सञ्चारमाध्यमका अनुसार आइतबार बाल्टिमोर शहरमा एउटा पार्टीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बाल्टिमोर प्रहरी विभागका कार्यवाहक आयुक्त रिचर्ड वर्लीले पत्रकार सम्मेलनमा भने घटनास्थलमा जम्मा ३० जना पीडित रहेको बताए। उनले शहरको दक्षिणी भागमा रहेको ब्रुकलिन होम्स नजिकैको ब्लक पार्टीमा बिहान १२ः ३० बजेपछि गोली चलेको बताए।
अमेरिकामा जुलाई ४ को बिदा अघि देशभर जमघट भइरहेका बेला गोली हानाहानको यो घटना भएको हो। अमेरिकामा जुलाई ४ मा स्वतन्त्रता दिवस मनाइन्छ। अमेरिकाको कन्सास शहरमा पनि गोली चलेको घटना भएको छ, जसमा सात जना घाइते भएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment