विषाक्त मदिरा सेवनबाट चार जनाको मृत्यु
नोम पेन्ह। उत्तरपूर्वी कम्बोडियाको रतनकिरी प्रान्तमा चामलको विषाक्त मदिरा पिएका चार जनाको मृत्यु भएको छ।
उच्च मात्रामा मिथेनोल भएको मदिरा पिएका पाँच जनामध्ये चार जनाको ज्यान गएको सरकरी अधिकारीहरूले बताएका छन्। विषाक्त मदिरा पिएर गम्भीर बिरामी भएका उनलाई अस्पताल भर्ना गरिएको छ । मृतकहरू केराको व्यावसायिक खेती गर्ने कृषि कम्पनीका कामदार हुन्।
प्रयोगशाला परीक्षणबाट मदिरामा उच्च मात्रामा मिथेनोल भेटिएको र उनीहरूको मृत्युको कारण भएको प्रान्तीय गभर्नरले बताएका छन्। मदिरा बिक्रेतासँग कानुन कार्यान्वयन निकायका अधिकारीले सोधपुछ गरेका छन्।
सस्तो मूल्यका कारण घरेलु मदिराप्रति पियक्कडहरूको आकर्षण बढेको छ। गत महिना पनि उत्तरपश्चिमी पुरसट प्रान्तमा विषाक्त मदिरा सेवन गरेका एक जनाको मृत्यु भएको थियोभने अन्य २७ जना बिरामी भएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment