सुरक्षाको माग राख्दै ललितपुर अदालतका न्यायाधीश र कर्मचारी सर्वोच्चमा

डिसी नेपाल
१९ असार २०८० १६:३८
616
Shares

ललितपुर । ललितपुर अदालतका न्यायाधीश र कर्मचारीहरु भने सुरक्षाको माग राख्दै मंगलबार सर्वोच्च अदालत गएका छन् । ललितपुर अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तमाङ र अधिवक्ता अमीर तामाङबीचको विवादलाई लिएर कानुन व्यवसायीले मंगलबार पनि आन्दोलन गरेपछि उनीहरु सर्वोच्च अदालत गएका हुन् ।

कानुन व्यवसायीहरुले भने न्यायालयको शुद्धीकरणका लागि भन्दै मंगलबार पनि प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएसन परिसरमा उनीहरुले प्रदर्शन गर्दै उक्त घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग राखेका छन् । उनीहरुले न्यायभित्रको भ्रष्टाचार, विकृति , विसंगति अन्त्य गर्नुपर्ने, अधिवक्ता अमिर लामिछाने विरुद्ध दायर सम्पूर्ण मुद्दाहरु अविलम्व फिर्ता गर्नुपर्ने, पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने लगायतका माग राखेका छन् ।

ललितपुर बारले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाहीको माग गरेपनि अदालत प्रशासनले सिसिटिभी फुटेज निकाल्न नमान्दा विवाद उत्कर्षमा पुगेको हो । नासु तामाङविरुद्ध प्रमाण रहेको भन्दै अदालत प्रशासनले फुटेज निकाल्न नमानेको कानुन व्यवसायीहरुको आरोप छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *