सवारी दुर्घटनामा चार जनाको मृत्यु, पाँच घाइते
रजौरी। भारत अधिनस्थ जम्मुकाश्मिरको रजौरीमा आज बिहान भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। थानामण्डी क्षेत्रमा भएको निजी कार दुर्घटनामा चार जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको तथा अन्य तीन जनाले घटनास्थलमा नै अन्तिम श्वास लिएका थानामण्डी प्रहरी कार्यालयका प्रमुखले बताएका छन्। घाइतेहरूको रजौरीस्थित सरकारी शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको छानबिन भइरहेको छभने विस्तृत विवरण प्राप्त भएको छैन।
यसैबीच, उत्तरप्रदेशको अजमगढमा चट्याङ लागेर ६ जनाको ज्यान गएको तथा एक जना बालक गम्भीर घाइते भएका छन्। राज्य सरकारले मृतकका परिवारलाई राहतस्वरुप रु चार लाख प्रदान गर्ने घोषणा गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment