नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने

डिसी नेपाल
१८ भदौ २०८० १५:००
260
Shares

काठमाडौं । एसिया कपमा आज नेपालले भारतविरुद्ध खेल्दैछ । श्रीलंकाको केन्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

भारतले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल केही बेरमा नेपाली समयअनुसार सवा ३ बजे सुरु हुनेछ ।

आजको खेलमा नेपाल र भारत दुवैले यसअघि पाकिस्तानविरुद्ध खेलेको टिममा एक–एक खेलाडी परिवर्तन गरेका छन् ।

नेपाली टिममा आरिफ शेखको ठाउँमा भीम सार्कीले टिममा स्थान पाएका छन् । यस्तै भारतका फास्ट बलर व्यक्तिगत कारणले भारत फर्किएकोले उनको ठाउँमा मोहम्मद शामी आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.