कथा : दशै र चंगा
दशैंको छुट्टीमा साथीहरु मिलेर चंगा उडाउँदै थिए।
‘विमल तिम्रो चंगालाई म चेट गर्छु’ मदनले भन्यो।
‘तिमीले सक्दैनौं मदन मेरो चंगा चेट गर्न, बरु मैले नै तिम्रो चंगा चेट गर्छु’।
दुबैले चंगा माथि माथि पुर्याउँदै थिए। चंगा कहिले नजिक र कहिले टाढा हुन्थ्यो। वरपर हेर्ने साथीहरु कहिले विमल विमल र कहिले मदन मदन भन्दथे। उनीहरु लट्टाई कहिले तल र कहिले माथि गर्दै रमाउँदै थिए। यसरी उनिहरु चंगा चेट गर्ने धुनमा पर्खाल माथि चढेर उडाउन थालेछन्। चंगा चेट चंगा चेट भन्दा भन्दै विमलको खुट्टा चिप्लिएर लड्यो।
‘ऐया, उ रुन लाग्यो। सबै साथीहरु दगुरेर आए।
विमलले हात चलाउनै सकेन। साथीहरु पनि रुन थाले। अनि उनीहरु सबै मिलेर विमललाई उसको घरमा लिएर गए। विमलको बुबाले ‘किन पर्खाल चढेर चंगा उडाएको? तिमीहरुलाई बार नभएको छतमा, पर्खालमा, कौसी, बार्दलीमा चढेर चंगा उडाउनु हुँदैन है भनेर पठाएको हैन? हेर विमलको हात नै भाँचिएछ। अब यो दशैं तिहारको छुट्टीमा तिमीहरु कति जनाले हात भाच्छौ होला?’
खेल त खेल्नु पर्छ तर अबदेखि अफ्ट्यारा ठाउँमा नजानु है।
‘तमीहरुले आज भान्सामा हेर्नै पर्दैन, केही पनि खान पाउँदैनौ, भनेको चाहिँ नटेर्ने, आँशु झार्दै विमलकी आमाले भनिन्।
‘गल्ती भयो अंकल’ भनेर सबै रुन लागे, विमल त झन् डाको छोडेर रुँदै थियो।
‘अबदेखि हजुरले भनेको मान्छौं। अफ्ट्यारो ठाउँमा चढेर चंगा उडउँदैनौं।’
‘ल सबैजना आआफ्नो घर जाओ, म विमललाई लिएर अस्पताल जान्छु।’
हामी पनि अबदेखि गल्ती नगरौं र हाम्रा साथीहरुलाई पनि सम्झाउँ ल।
No ads found for this position


Facebook Comment