सुस्तावासीले भारतीय बाटो प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य हुँदै, फागुनसम्म पुल बनिसक्ने

डिसी नेपाल
३० असोज २०८० १०:२७
132
Shares

काठमाडौं। सुस्तावासीले भारतीय बाटो प्रयोग गरेर अब नेपाल छिर्नु पर्ने बाध्यता सकिने भएको छ।

नवलपरासीबाट निर्वाचित सांसद बिनोद चौधरीले फागुन मसान्तसम्ममा सुस्ताबासी नेपालको पुल प्रयोग गरेर आवातजावात गर्न पाउने जनाएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा एउटा भिडियो राख्दै उनले यो जानकारी दिएका हुन्।

‘म अहिले नवलपरासी सुस्ता नारायणी नदि पारीको सुस्तामा उभिएर बोल्दैछु। पृष्ठभुमिमा नारायणी नदि माथी बनेको पुलको संरचना देख्नुहुन्छ,’ उनले आफनो सन्देशमा भनेका छन्, ‘यो पुलले अब छिट्टै सुस्ता पारि जानको लागि भारतीय  बाटो प्रयोग गर्नुपर्ने सुस्तावासिको वाध्यता अन्त्य हुँदैछ, आगामी फागुन मसान्तसम्म यस पुलको निर्माण संपन्न भई सञ्चालनमा आउने मलाइ बिश्वास छ ।’

उनले सो पुलले भुगोल मात्रै नभई देशको भावना पनि जोडिने जनाएका छन्।‘यो पुलले देशको भूगोललाई मात्रै होइन सुस्तावासिको भावनालाइ पनि जोड्नेछ’ उनले भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *