म्यानचेस्टर सिटीमाथि एस्टन भिल्लाको जित

डिसी नेपाल
२१ मंसिर २०८० ७:५१
52
Shares

काठमाडौं। इंलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग १-० गोल अन्तरले पराजित भएको हो।

एस्टन भिल्लाको जितमा खेलको ७४औं मिनेटमा लिओन बेलीले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो।

यो जितपछि एस्टन भिल्ला लिगमा तेस्रो स्थानमा उक्लिएको छ। १५ खेलमा ३२ अंक रहेको भिल्लाले सिटीलाई उछिन्दै लिगमा तेस्रो स्थानमा उक्लिएको हो।

त्यसैगरी म्यानचेस्टर सिटीको भने यस सिजनमा यो तेस्रो हार हो । यो हारपछि सिटीको १५ खेलमा ३० अंक रहेको छ र लिगमा चौथो स्थानमा झरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *