मुस्फिकर रहिम ‘बल ह्याण्डलिङ’ आउट हुने पहिलो बंगलादेशी क्रिकेटर बने

डिसी नेपाल
२१ मंसिर २०८० १३:१९
1.2k
Shares

काठमाडौं । बंगलादेशका मुस्फिकर रहिमलाई न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा मैदानमा अवरोध गरेको भन्दै आउट घोषित गरिएको छ । यसरी आउट हुने उनी पहिलो बंगलादेशी क्रिकेटर हुन् ।

बंगलादेशको मिरपुरमा खेलिएको यस खेलमा आयोजक टोलीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । उनी बंगलादेशको पहिलो इनिङ्सको ४१ औं ओभरमा आउट भएका थिए ।

मुस्फिकरले फास्ट बलर काइल जेमिसनको बलको सामना गरे र बल स्टम्पतिर उछालिएपछि बललाई दाहिने हातले रोक्ने प्रयास गरे।

मुस्फिकर टेस्ट म्याचमा बल ह्यान्डलिङका कारण आउट हुने आठौं खेलाडी हुन्। साथै, उनी यही कारणले बाहिरिने क्रिकेट इतिहासमा ११ औं खेलाडी बनेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *