कोपा अमेरिका-२०२४ को ड्र सार्वजनिक

डिसी नेपाल
२२ मंसिर २०८० १२:५४
1.0k
Shares

काठमाडौं। दक्षिण अमेरिकी देशहरु बीच हुने प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिताको ड्र सार्वजनिक गरिएको छ। सन् २०२४ को जुनमा हुने कोपा अमेरिकाको खेल तालिका शुक्रबार सार्बजनिक गरिएको हो।

अमेरिकामा हुने कोपा अमेरिकामा दक्षिण अमेरिका १० देश र उत्तर तथा मध्य अमेरिकी ६ देश सहभागी हुँदै छन्। प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० देश अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलोम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएला खेल्दै छन् । त्यस्तै उत्तर तथा मध्य अमेरिकी देशबाट नेसन्स लिग र प्लेअफबाट ६ देश छानिँदै छन्।

उत्तर अमेरिकाबाट कोनकाकाफ नेसन्स लिग २०२३-२५ को शीर्ष चारमा रहेका आयोजक अमेरिकासहित मेक्सिको, जमैका र पानामा सिधै छनोट भएका छन् भने बाँकी दुई टिम प्लेअफ खेलेर छनौट हुने छन्।

शुक्रवार बिहान सार्वजनिक ड्र अनुसार डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना पेरु र चिलीसहित समुह ए मा परेको छ । साथै प्लेअफबात आउने कोनकाकाफ क्षेत्रको पाँचौं टिम यस समुहमा हुनेछ।

त्यस्तै समूह बी मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका रहेका छन् भने समूह सी मा आयोजक अमेरिकासहित उरुग्वे, पानामा र बोलिभिया रहेका छन्। त्यस्तै समूह डी मा ब्राजिल, कोलम्बिया, पाराग्वे छन् भने प्लेअफबाट आउने कोनकाकाफ क्षेत्रको छैटौं देश हुने छ।

चार समूहका विजेता र उपविजेता सिधै क्वाटरफाइनलमा पुग्ने छन्। कोपा अमेरिकाको पहिलो खेल २०२४ को जुन २० मा अर्जेन्टिना र प्लेअफबाट आउने कोनकाकाफ क्षेत्रको पाँचौं टिमबीच हुनेछ। प्रतियोगिताको फाइनल खेल जुलाई १४ मा हुँदै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *