बोर्नमाउथसँग म्यानचेस्टर युनाइटेड ३-० ले पराजित

डिसी नेपाल
२४ मंसिर २०८० ६:३५
28
Shares

काठमाडौं। इङ्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ। गएराति सम्पन्न खेलमा बोर्नमाउथले म्यानचेस्टर युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

बोर्नमाउथको जितमा डोमिनिक सोलांके, फिलिप बिलिंग र मार्कोस सेन्सीले एक एक गोल गरेका थिए। यो जितपछि बोर्नमाउथको १६ खेलमा १९ अंक भएको छ र लिगमा १३औं स्थानमा उक्लिएको छ।

त्यसैगरी म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा सातौं हार हो। १६ खेलमा २७ अंक रहेको म्यानचेस्टर युनाइटेड हाल छैटौं स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *