फ्रयांकफर्टसँग बायर्न ५-१ ले पराजित

डिसी नेपाल
२४ मंसिर २०८० ७:३५
44
Shares

काठमाडौं। जर्मनी बुण्डेसलिगा अन्तर्गत इन्ट्रान्च फ्रयांकफर्टले बायर्न म्युनिखमाथि शानदार जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा फ्रयांकफर्टले बायर्न म्युनिखलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

फ्रयांकफर्टको जितमा एरिक जुनियर डिना एबिम्बेले २ गोल गरेका थिए भने ओमार मारमोउस, हुगो लार्सन र अन्सगर नाउफले एक एक गोल गरेका थिए। त्यसैगरी बायर्न म्युनिखका लागि एक गोल जोशुआ किमिचले गरेका थिए।

फ्रयांकफर्टको यो जितपछि १४ खेलमा २१ अंक भएको छ र लिगमा सातौ स्थानमा रहेको छ।

त्यसैगरी बायर्न म्युनिखको भने यो यस सिजनमा पहिलो हार हो। १३ खेलमा ३२ अंक रहेको बायर्न यो खेलपछि लिगमा दोस्रो स्थानमा रहेको छ। शिर्ष स्थानमा रहेको लिभरलुसेन बायर्न भन्दा ३ अंकले अगाडि छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *