एभर्टनसँग चेल्सी २-० ले पराजित
काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत एभर्टनले चेल्सीलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा एभर्टनले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो।
एभर्टनको जितमा एडबोउलाए डोउकोउरे र लेविस डोबिनले एक एक गोल गरेका थिए।
यो जितपछि एभर्टनको १६ खेलमा १३ अंक भएको छ र लिगमा १७ औं स्थानमा छ। यस सिजनमा एभर्टनमाथि १० अंकको कारवाही भएका कारण अंकतालिकामा पछाडि रहेको छ।
त्यस्तै चेल्सीको भने यस सिजनमा यो सातौं हार हो। १६ खेलमा १९ अंक रहेको चेल्सी १२ औं स्थानमा रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment