मोराटा र कोरियाको गोलमा एटलेटिको म्याड्रिड विजयी

डिसी नेपाल
२५ मंसिर २०८० ८:३५
28
Shares

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले अल्मेरियालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले अल्मेरियालाई २-१ गोल अन्तरले पराजित गरेको हो।

एटलेटिको म्याड्रिडको जितमा अल्भारो मोराटा र एंगेल कोरियाले एक एक गोल गरेका थिए । त्यस्तै अल्मेरियाका लागि लिओ बाप्टिसटाओले एक गोल फर्काएका थिए।

यो जतिपछि एटलेटिको म्याड्रिडको १५ खेलमा ३४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ। त्यसैगरी अल्मेरियाको भने यो यस सिजनमा १३औ हार हो । १६ खेलमा केवल ४ अंक रहेको अल्मेरिया अंकतालिकामा पुछारमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.